सडक पूर्वाधार विकास कार्यालय, रुपन्देही लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत स्थापना भएको जिल्लास्तरको कार्यालय हो। यो कार्यालय जिल्ला भित्रका रणनीतिक सडक तथा पुल निर्माण, मर्मत सम्भार, भौतिक पूर्वाधारको निर्माण तथा मर्मतसम्भार गर्ने उद्धेश्यले २०७५ साल कार्तिक ४ गते स्थापना भएको थियो। यस कार्यालयको प्रमुख उद्भेश सडक, पुल र शहरी पूर्वाधार लगायत भौतिक पूर्वाधार क्षेत्रको योजना छनौट, तर्जुमा र कार्यान्वयन गरी कार्यक्रम अनुरुप क्षेत्रगत निर्धारित लक्ष्य बमोजिम नागरिकलाई विकासका प्रतिफल उपलब्ध गराउनु रहेको छ।